• सोमबार २-७-२०८१/Monday 05-20-2024

सल्यान बाट चार हजार ५ सय ८२ बिद्यार्थी एसइई परिक्षामा सहभागी हुँदै

चैत्र १४, सल्यान 
भोली बाट सञ्चालन हुन लागेको माध्यामिक शिक्षा परिक्षा एसइईमा सल्यान बाट ४ हजार ५ सय ८२ जना बिद्यार्थीले परिक्षा दिदैछन । जिल्लाभरका ८२ वटा सामुदायिक बिद्यालय, ८ वटा सस्थागत र १ खुल्ला बाट गरि ४ हजार ५ सय ८२ जना बिद्यार्थी एसइइ परिक्षामा सहभागि हुन लागेको शिक्षा बिकास तथा समन्वय इकाइ सल्याले जनाएको छ ।
जिल्लाभरका सामुदायिक विद्यालयबाट ४ हजार ४ सय ३१ जना र संस्थागत विद्यालयबाट १ सय ५१ जनाले एसईई परीक्षा दिन लागेका हुन् ।  तीमध्ये तिन  हजार १ सय ७ जना छात्रा र दुई हजार ४ सय ७५ जना छात्र रहेको इकाइ प्रमुख लाल बहादुर घर्तिमगरले जानकारी दिनुभयो । उहाँका अनुसार परिक्षाको लागि जिल्ला भरि २५ वटा परिक्षा केन्द्र तोकिएको छ । यो वर्ष नियमिततर्फ चार हजार  पाँच सय ८२ र ग्रेड वृद्धिका ३७ जना विद्यार्थीले परीक्षा दिन लागेको उहाँले बताउनु बताउनु भयो ।
त्यसमध्ये जिल्ला कारागार सल्यानका एक जना कैदीले परीक्षा दिन लागेको उहाँले बताउनु भयो । एसईई परीक्षा दिनेमा २ सय ९२ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । यो वर्ष सबैभन्दा बढी शारदा माध्यामिक विद्यालय शंखमुल परिक्षा केन्द्रबाट २ सय ९५ जना र सबैभन्दा कम जनज्वती माध्यामिक बिद्यालयको परिक्षाकेन्द बाट ९९ जनाले परिक्षा दिन लागेका छन । यस्तै बिद्यालय तर्फ सबैभन्दा कम त्रिबेणी माबि टोटके बाट ५ जना र सबै भन्दा बढि शिवजन माबि बाट १ सय ५४ जना रहेका छन । यो वर्ष गत वर्षको तुलनामा ४ सय जना विद्यार्थी घटेका छन ् । परिक्षाको लागि २५ वटा परिक्षा केन्द्रमा सुरक्षाकर्मी बाहेक ४ सय २३ भन्दा बढि जनशक्ति परिचालन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान   सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

जेष्ठ १, सल्यान  सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२