• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सल्यानमा क्षयरोगीका बिरामी बढदै, ३ बर्षमा २६ जनाको मृत्यु

चैत ११, सल्यान 
सल्यानमा पछिल्लो समयमा क्षयरोगीका बिरामी बढदै जान थालेका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीका बिरामी बढदै गएका  हुन । संख्यात्मक आधारमा घटबढ भैरहेको देखिएपनि क्षयरोगीका बिरामी बढदै गैरहेको कार्यालयले जनाएको छ । 
स्वास्थ्य सेवा कार्यलय सल्यानका सुचना अधिकारी थलराज डिसीका अनुसार गएका आर्थिक बर्ष ७७÷७८ मा १ सय ७९ जना क्षयरोगीका बिरामी भेटिएकोमा ७८÷७९ मा २ सय ६१ जना भेटिएका थिए । यस्तै ७९÷८० मा २ सय ४६ जना बिरामी भेटिएकामा आर्थिक बर्ष २०८०÷८१ को साउन देखि पुष मसान्त सम्म १ सय २ जना बिरामी भेटिएको उहाँले बताउनु भयो । 
गएको आर्थिक बर्ष ७७÷७८  देखि आर्थिक बर्ष ८०÷८१ सम्म २६ जना क्षयरोगीका बिरामीको मत्यु भएको बताउनु भयो । ७७÷७८ मा ५ जना, ७८÷७९ ८ जना, ७९÷८० मा ७ जना र ८०÷८१ म ६ जना क्षयरोगीका बिराहीको मृत्यु भएको हो । 
पछिल्लो समय साना उमेर् समुहका बच्चा देखि ६० बर्ष माथिका क्षय रोग देखिएको छ । अहिल महिनामा १० देखि १५ जना सम्म क्षयरोगीका बिरामी उपचारका लागि स्वास्थ्य सस्थामा आउने गरेको सुचना अधिकारी डिसीले बताउनु भयो । 
 क्षयरोगीका बिरामीहरुका लागि जिल्लाका ५४ वटा सस्थाहरुबाट निशुल्क उपचार सेवा दिईरहेको कार्यलयले जनाएको छ । यस्तै क्षयरोगमुक्त अभियानका लागि जिल्लाको कपुरकोट गाउँपालिकामा र शारदा नगरपालिकामा बिभिन्न जनचेतनामुलक कार्यक्रम तथा अभियानहरु सञ्चालन भैरहेका छन । 
खानपानमा ध्यान दिए र समयमै उपचार गरेमा यस बाट बच्न सकिने स्वास्थ्य सेवा कार्यलय सल्यानका कार्यलय प्रमुख डा. अर्जुन बुढाले बताउनु भयो । यो रोग श्वासप्रश्वासको माध्यमबाट बढि सर्ने भएकाले सचेत हुनपर्ने उहाँले बताउनु भयो । 
यरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो सरुवा रोग भएपनि खाना र यौनजन्य क्रियाकलापबाट सर्दैन ।

क्षयरोग कति तीव्र सर्छ भन्ने कुरा व्यक्तिको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ । रोगसँग लड्ने क्षमता कम भए क्षयरोगको कीटाणुले छिटो आक्रमण गर्छ । कुपोषण, दीर्घरोगी, एचआईभी संक्रमण भएका व्यक्तिमा यो रोग छिटो हुने जोखिम हुन्छ । यसले फोक्सोमा मात्र नभई शरीरको विभिन्न अंगलाई असर पार्न सक्छ ।
क्षयरोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा फोक्सोको क्षयरोग र अर्को फोक्सोबाहेकका अंगमा लाग्ने क्षयरोग । फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, मस्तिष्क, हाड वा हड्डीको जोर्नी, मुटु, प्रजनन् तथा मूत्र प्रणाली, छाला, आँखा लगायत अंगमा पनि क्षयरोग हुन सक्छ । फोक्सोबाहेकका अंगमा भएको क्षयरोगको निदान तुलनात्मक रुपमा गाह्रो हुन्छ ।
क्षय रोग लागेमा सबैभन्दा पहिले ज्वरो आउने, खोकि लाग्ने, खाना अरुचि हुनु, तौल घट्दै जानु तथा शरीर कमजोर बन्दै जाने गर्छ । क्षय रोग लागेमा कुपोष हुने गर्छ । ‘यसलाई पहिले सुख्खा रोग भनिन्थ्यो । 

यसैबिच बिश्व क्षयरोग दिवसका अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण सँगै क्षयरोग सम्बन्धी जानकारी गराईएको छ । स्वास्थ्य सेवा कार्यलय सल्यानको आयोजनामा हरेक बर्ष २४ मार्चमा मनाईने विश्व क्षयरोग दिवसको अवसरमा अस्पतालमा उपचारमा आएको बिरामीहरुलाई क्षेयरोगका बारेमा जानकारी सँगै फलफुल पनि वितरण गरिएको हो । 
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक बर्ष ७० हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेकोमा १८ हजारको मृत्यु हुने गरेको पाईएको छ । 
 

प्रतिकृया दिनुहोस

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

सल्यानमा हत्या आरोपमा ११ जना पक्राउ

बैशाख १३, सल्यान  सल्यानका विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका–५ काल्चेमा विवाहको भोज

सल्यान उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवार बिजयी

सल्यान, ९ बैशाख । सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ र उनी नेतृत्वको प्यानलले नै जित निकालेको छ । नेकपा एमाले, नेकपा