• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

छत्रेश्वरी गाउँपालिकामा अर्गानिक कृषि प्रवद्र्धन र किसानको दक्षताको लागि तालिम प्रदान

चैत १०, सल्यान 
 अर्गानिक खेतिलाई बढावा दिन र अगुवा कृषकलाई दक्ष बनाउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा तालिम प्रदान गरिएको छ । अगुवा कृषकलाई दक्ष बनाई अन्य कृषकलाई पनि ज्ञान प्रदान गर्ने उद्देश्यले दुई दिने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । अगुवा कृषकहरुलाई विषादीको प्रयोग विना कसरी रोग किरा नियन्त्रण गर्ने लगाएतका विषयमा तालिम प्रदान गरिएको गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जानकारी दिनुभयो ।
 
शनिबार तालिम समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढाले विषादीको बढ्दो प्रयोगले मानिसको स्वास्थ्य र वातावरणमा नराम्ररी असर पारिरहेको भन्दै विषादीको प्रयोग न्यूनीकरणका लागि अर्गानिक खेती एक मात्र विकल्प भएको बताउनु भयो । यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजाराम रिजालले मन्तव्य राख्दै अगुवा कृषकहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अर्गानीक खेतीतर्फ अग्रसर हुन र गाउँमा अन्य किसानकहाँ पनि सचेतना फैलाउन जरुरी रहेको बताउनु भयो ।
 
तालिममा सहभागि संघारमुलका अगुवा कृषक चन्द्रकला पुनले अन्न, फलफुल तथा तरकारी खेतीमा लाग्ने रोग किरा र त्यसको नियन्त्रणका लागि जैविक तरिकाको बारे धेरै महत्वपूर्ण जानकारी लिन पाइएको बताउनु भयो । यस्तै अर्का अगुवा कृषक चेतनाथ योगीले यस किसिमको तालिम किसानको बस्ती बस्तीमा सञ्चालन गर्नुपर्ने भन्दै आफुले सिकेको कुरा अन्य किसानलाई सुझाउने बताउनु भयो ।
 
बाली चक्र अपनाउँदै खेती प्रणाली सुधार गरेर तथा पासोको प्रयोग मार्फत रोग किरा नियन्त्रण गर्न सकिने गाउँपालिकाका कृषि स्नातक प्राविधिक महेश भण्डारीको भनाई छ । उहाँले निम, टिमुर, सुर्तीको झोल मल प्रयोग गरेर वानस्पतिक तरिकाले पनि बालीनालिका शत्रु जीव व्यवस्थापन गर्न सकिने बताउनु भयो । ब्याक्टेरियाजन्य जैविक विषादी, रोगनाशक जैविक विषादी, भाइरसजन्य जैविक विषादी, ढुसीजन्य जैविक विषादी प्रयोग गर्ने सम्बन्धमा पनि किसानहरुलाई तालिममा अभिमुखिकरण गरिएको उहाँले बताउनु भयो ।
 
धान, गहुँ, मकै, काउली, आलु लगाएत सुन्तला जातका फलफुलमा लाग्ने रोग किरा व्यवस्थापन र कृषि विमाका बारेमा अगुवा कृषकलाई तालिम प्रदान गरिएको कृषि विकास शाखाले जनाएको छ । तालिम समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन वली, लेखापाल कमल बडुवाल, नायव प्राविधिक सहायक गणेश भण्डारी लगाएतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार शंकर केसीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

सल्यानमा हत्या आरोपमा ११ जना पक्राउ

बैशाख १३, सल्यान  सल्यानका विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका–५ काल्चेमा विवाहको भोज

सल्यान उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवार बिजयी

सल्यान, ९ बैशाख । सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ र उनी नेतृत्वको प्यानलले नै जित निकालेको छ । नेकपा एमाले, नेकपा