• सोमबार २-७-२०८१/Monday 05-20-2024

होली पर्वलाई मर्यादित बनाउन जिल्ला प्रशासनको कार्यलय सल्यानको आग्रह 

चैत १०, सल्यान 
होलीपर्व (फागुपूर्णिमा)लाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय सल्यानले सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सुचना जारी गर्दै होलीपर्व लाई अनुशासित र मर्यादित बनाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जारी गरेको सुचनामा होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न आग्रह गर्नुभएको छ ।
सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रंग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।  
अण्डा, फोहोर पानीको प्रयोग गर्ने जस्ता कार्य नगर्ने, ट्राफिक नियमको उल्लंघन नगर्न, अरुलाई असर पर्ने गरी चर्को स्वरमा गीत, संगित नबजाउने, पर्व मनाउने नाममा सवारी साधन तथा व्यक्तिहरुवाट पैसा नउठाउने, सवारी साधन तथा पैदल हिड्ने व्यक्तिलाई अभद्र व्यवहार नगर्ने अनुरोध गर्नुभएको छ । कसैले अवाञ्छित एवं उछङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।  सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकोतर्फ ध्यानाकर्षण गराएको छ । यसवर्षको होली पहाडी क्षेत्रमा आइतबार र तराई÷मधेशमा सोमवार मनाईदैछ ।
 

प्रतिकृया दिनुहोस

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान   सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

जेष्ठ १, सल्यान  सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२