• सोमबार २-७-२०८१/Monday 05-20-2024

सल्यान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि उमेद्वारी दर्ताः बस्नेत र श्रेष्ठ प्रतिस्पर्धामा

चैत १०, सल्यान 
 सल्यान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज उमेद्वारी दर्ता गरिएको छ  । निर्वाचन कार्यतालिका बमोजिम आज दुबै प्यानलले आआफ्नो उम्मेदवारी दर्ता गरेका हुन । एमाले, माओवादी,  समाजावदी,नेपाल कम्युनिस्ट विप्लप  नेतृत्वको  समर्थन संयुक्त व्यवसायीक प्यानल बाट बिरेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस, राप्रपाको नेतृत्वको संयुक्त समर्थनबाट लोकतन्त्र व्यवसायीक प्यानल बाट भरत बस्नेतले अध्यक्ष पदका लागी उम्मेदवारी दिनुभएको छ ।
 संयुक्त व्यवसायीक प्यानल बाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली , महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका, र कोषाध्यक्षमा नरेन्द्र बुढामगरले उम्मेदवारी दर्ता गरेका छन ।
यस्तै संलोकतन्त्र व्यवसायीक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी , महासचिवमा मान बहादुर वली , सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगरले उम्मेदवारी दिनुभएको छ ।

साथै महिला सदस्य, दलित सदस्य,  जनजाती सदस्य, अल्पसंख्यक सदस्य, खुल्ला सदस्य वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आआफ्नो उम्मेदवारहरु खडा गरेका छन ।

सदस्यहरुमा संयुक्त व्यवसायीक प्यानल बाट महिला सदस्यमा हिरा चन्द, बिमला गिरी, गिता घर्ति, रहनुभएको छ भने दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा हरी बहादुर गुरुङ, अल्पसंख्यकमा मुस्तपा मिया रहनु भएको छ । यस्तै खुला सदस्यहरुमा गोफलो वली, चन्द्र बहादुर राना, बिरजंग वली, छबिलाल बिसी, बिर बहादुर डाँगी, लिलाध। शर्मा, टोप बहादुर वली र बस्तुगत सदस्यमा लाल बहादुर खत्री गरी २१ ज्नाको उम्मेदवारी परेको छ । 

यस्तै लोकतन्त्र व्यवसायीक प्यानल बाट खुला सदस्यमा शंकर बुढाथोकी, शिवराज केसी, भद्र बहादुर बुढा, राजन भण्डारी, कल्पना डाँगी केसी, सुदिप सुनार, मान बहादुर वलीले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै महिला सदस्यहरुमा कमला अधिकारी, तिाला कु्मारी केसी, लालमती बस्नेत रहनुभएको छ भने जनजाती तर्फ डिल्ली बहादुर पुन मगर, दलित तर्फ हात्तिराम कामी, अल्पसंख्यक तर्फ साहिलदास मिया र बस्तुगत सदस्यमा कर्ण बहादुर डाँगी महेन्द्रले उम्मेदवारी दर्ता गराउनु भएको छ ।  

निर्वाचन कार्यतालिका अनुसार चैत १२  गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहने र चैत  १५ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ भने बैशाख ८ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय तोकिएको छ । 
 
 

प्रतिकृया दिनुहोस

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान   सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

जेष्ठ १, सल्यान  सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२