• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सल्यानमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि पालिकास्तरिय  अन्तरक्रिया कार्यक्रम सम्पन्न 

 चैत ९,सल्यान

सल्यानमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि पालिकास्तरिय  अन्तरक्रिया कार्यक्रम सम्पन्न 
सल्यानमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि पालिकास्तरिय  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार  दुरुपयोग  अनुसन्धान आयोगको कार्यलय सुर्खेतको आयोजनमा बिहिवार अन्तरक्रिया कार्यक्रम शारदा नगरपालिका मा सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रम मार्फत पालिकामा हुनेगरेका आर्थिक,भौतिक,सामाजिक कृयाकलापमा हुने अनियमितता तथा भ्रष्टाचार न्युनिकरण गर्ने तेस्तै पालिकामा काम गर्ने सन्दर्भमा आउने गरेका समस्या र सामाधान का उपाय बारे सचेतना जगाउने मुख्य उदस्य रहेको अख्तियार  दुरुपयोग  अनुसन्धान आयोगको कार्यलय सुर्खेतले जनाएको हो । 
अख्तियार  दुरुपयोग  अनुसन्धान आयोगको कार्यलय सुर्खेतको तथ्यांकअनुसार शारदा नगरपालिकामा १५वटा उजुरी परेकोमा १३वटा उजुरी फछ्यौट भैसकेको र २वटा अनुसन्धान मा रहेको जनाइएको छ । यस्तै बागचौर नगरपालिकामा २६ उजुरी मा ६वटा फछ्यौट भैसकेको छ भने २०वटा अनुसन्धानमा मै रहेको छ,कालिमाटिमा १०वटा उजुरी मध्य ३वटा फछ्यौट भैसकेको छ भने ७वटा अनुसन्धान मा रकेको छ । छत्रेश्वारिमा ११वटा उजुरिमा ६वटा फछ्यौट भैसकेको मा ५वटा अनुसन्धान मा रहेको छन, दार्मा गाउँपालिकामा १०उजुरिमा ५फछ्यौट ५अनुसन्धान मा रहेका छन र बनगाड कुपिन्डे नगरपालिकामा ४ उजुरिमा १वटा फछ्यौट भैसकेको र ३वटा अनुसन्धानमा रहेको छ,कुमाख गाउँपालिकामा ४मध्य १ फछ्यौट भैसकेको र ३वट अनुसन्धानमा रहेको छ,कपुरकोट गाउपालिकामा ८उजुरिमा २वट फछ्यौट ६वटा अनुसन्धान मा रहेको छ त्रिविणि गाउँपालिकामा एउटा उजुरी मा फछ्यौट भैसकेको तथ्यांक प्रस्तुत गरिएको थियो ।
 जसानुसार सल्यान मा गत आर्थिक बर्षबाट जिम्मेवारी सरि आएको ४७ र चालू आर्थिक बर्षको उजुरी सख्या ९१ गरि जम्मा कुल उजुरी सङ्ख्या १३८ रहेको बताएको छ। जसमध्य ५९ उजुरी फछ्यौट भैसकेको र ७९वटा उजुरी बाकी रहेको अख्तियार  दुरुपयोग  अनुसन्धान आयोगको कार्यलय सुर्खेतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णालीका प्रमुख कार्यकारी अधिकृत टंकप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाधर बबल, शारदा नगरपालिकाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, नगरका कर्मचारी, पत्रकार तथा सर्वसाधारणको सहभागिता तथा । सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

सल्यानमा हत्या आरोपमा ११ जना पक्राउ

बैशाख १३, सल्यान  सल्यानका विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका–५ काल्चेमा विवाहको भोज

सल्यान उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवार बिजयी

सल्यान, ९ बैशाख । सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ र उनी नेतृत्वको प्यानलले नै जित निकालेको छ । नेकपा एमाले, नेकपा