• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

भेनेजुएलाको सीमामा भिडन्त, सेनाले मादुरोको साथ छाड्यो

काराकास । भेनेजुएला र कोलम्बियाकोे सीमावर्ती क्षेत्रमा शनिबार(नेपाली समय अनुसार गएराति) विपक्षी समूहले मानवीय सहयोग ल्याउने प्रयास गरेपछि भीषण भिडन्तको अवस्था उत्पन्न भएको छ । भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा प्रवेश निषेध गरेको थियो भने स्थानीय बासिन्दाले सहयोग लिने प्रयास गरेका थिए । 

 

भेनेजुएला छोडेर कोलम्बिया प्रवेश गर्न चाहने स्थानीय जनतालाई सुरक्षा निकायले अश्रुग्याँस प्रहार गरेपछि अवस्था तनावपूर्ण भएको हो । राष्ट्रपति निकोलस मादुरोले कोलम्बियासँगको सीमाबाट बाह्य सहयोग नआओस भनेर सो सीमा आंशिक रुपमा बन्दको घोषणा गरेका थिए ।

उनको सरकारले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध नै तोडिसकेको छ । शुक्रबार ब्राजीसँगको सीमामा सुरक्षा फौजको प्रहारबाट दुई जना सर्बसाधारणको मृत्यु भएको थियो भने शनिबार थप दुई जनाको मृत्यु भएको जनाइएको छ । विपक्षी नेता तथा स्वघोषित राष्ट्रपति जुआन गुआइडोले शनिबार औषधी र खाद्यान्न लगायतको सहयोग भेनेजुएलामा भित्रिने यसअघि नै घोषणा गरेका थिए । 

 

सोही घोषणा अनुसार शनिबार सहयोग लिन सीमा क्षेत्रमा पुगेका सर्बसाधारणसँग सुरक्षा फौजको भिडन्त भएको थियो । सहयोग लिन जानका लागि प्रदर्शन गरेका स्थानीय बासिन्दा र रमिता हेर्न मात्रै गएका थुप्रै मानिसहरुमाथि सुरक्षा फौजले अश्रुग्यास प्रहार गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको हो । विपक्षी नेता गुआइडोले मानवीय सहयोगको पहिलो खेप ब्राजीलबाट आइसकेको र दोस्रो खेप कोलम्बियाको सीमा हुँदै आउने यसअघि ट्विट गरेका थिए । विभिन्न सीमा क्षेत्रका तस्विरहरुमा सुरक्षा फौजले स्वयंसेवक र प्रदर्शनकारीहरुलाई अश्रुग्यास प्रहार गरेको देखिएको छ भने प्रदर्शनकारीले सीमा क्षेत्रको बारमा आगो लगाएको र सुरक्षा फौजमाथि ढुंगा प्रहार गरेको देखिएको छ ।

 

सेनाले मादुरोको साथ छोडे, आममाफी : गुआइडो

 

कोलम्बियासँगको सीमा क्षेत्रमा खटिएका कम्तिमा २० जना सुरक्षाकर्मीले आन्दोलनकारीलाई साथ दिएको बताइएको छ ।सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा चार जना सिपाहीले सार्वजनिक रुपमै राष्ट्रपति मादुरोलाई निन्दा गर्दै गुआइडोलाई समर्थन गरेको देखाइएको छ । भिडियोमा उनीहरुले आफूहरु बाबु र छोरा भएको र आफूहरुले ठूलो अन्याय र अनिश्चितता भोग्नु परेको जनाएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार भेनेजुएलाका नागरिकले सेनासँग कोलम्बियासँगको सीमाको पुल पार गर्न दिन अनुरोध गरेका थिए ।

 

गुआइडोले सीमानामा रहेको  टिएन्डीटास पुलको भ्रमण गरेका थिए । उनले मादुरोको साथ छोडेका सेनालाई ‘इतिहासको ठीक दिशा तर्फ तपाईहरुलाई स्वागत छ ’ भनेका थिए ।उनले आफूहरुलाई साथ दिने सैनिकहरुलाई आममाफीको ग्यारेन्टी गरिने समेत जनाएका थिए । भेनेजुएला र कोलम्बियाको सीमा क्षेत्रमा हिंस्रक अवस्था रहेपनि राजधानी काराकास भने शनिबार शान्तिपूर्ण नै रहेको थियो । 

 

गुआइडो साम्राज्यवादी माग्ने : मादुरो

 

उता राष्ट्रपति मादुरोका समर्थकले भेनेजुएलाबासीलाई राहत लिन तर विदेशी सेनालाई आफ्नो खुट्टा भेनेजुएलाको भूमिमा राख्न नदिन आग्रह गरेका छन् ।  राष्ट्रपति स्वयंले त्यहाँ युद्ध नहुने बताएका छन् । काराकासमा खुसी देखिएको भीडको तस्वीर राखेर उनले ट्विटमा सो कुरा बताएका हुन् । ‘तिम्रो हात भेनेजुएलाबाट झिक, डोनाल्ड ट्रम्प’ लेखिएको तस्विरपनि उनले सामाजिक सञ्जालमा राखेका छन् । उनले गुआइडोलाई ‘पपेट ’ र ‘साम्राज्यवादी माग्ने’ समेत भनेका छन् । (बीबीसी)

प्रतिकृया दिनुहोस

सल्यानी समाज दक्षिण कोरियाको:आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन

सल्यानी समाज दक्षिण कोरियाको अधिबेसन आइतबार छनानमा सम्पन्न भएको छ। समाजको दोश्रो अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ। बसन्त

डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण

१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

जेब्राको छलामा किन हुन्छन् काला र सेता धर्सा ?

एजेन्सी । सेतो र कालो धर्सायुक्त छालाको बनावटले नै जेब्रालाई अन्य जनावर भन्दा आकषर्क बनाउँछ । तर सौन्दर्य बढाउन बाहेक यसले अन्य के काम गर्छ भन्ने विषय