भेनेजुएलाको सीमामा भिडन्त, सेनाले मादुरोको साथ छाड्यो
काराकास । भेनेजुएला र कोलम्बियाकोे सीमावर्ती क्षेत्रमा शनिबार(नेपाली समय अनुसार गएराति) विपक्षी समूहले मानवीय सहयोग ल्याउने प्रयास गरेपछि भीषण भिडन्तको अवस्था उत्पन्न भएको छ । भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा प्रवेश निषेध गरेको थियो भने स्थानीय बासिन्दाले सहयोग लिने प्रयास गरेका थिए ।
भेनेजुएला छोडेर कोलम्बिया प्रवेश गर्न चाहने स्थानीय जनतालाई सुरक्षा निकायले अश्रुग्याँस प्रहार गरेपछि अवस्था तनावपूर्ण भएको हो । राष्ट्रपति निकोलस मादुरोले कोलम्बियासँगको सीमाबाट बाह्य सहयोग नआओस भनेर सो सीमा आंशिक रुपमा बन्दको घोषणा गरेका थिए ।
उनको सरकारले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध नै तोडिसकेको छ । शुक्रबार ब्राजीसँगको सीमामा सुरक्षा फौजको प्रहारबाट दुई जना सर्बसाधारणको मृत्यु भएको थियो भने शनिबार थप दुई जनाको मृत्यु भएको जनाइएको छ । विपक्षी नेता तथा स्वघोषित राष्ट्रपति जुआन गुआइडोले शनिबार औषधी र खाद्यान्न लगायतको सहयोग भेनेजुएलामा भित्रिने यसअघि नै घोषणा गरेका थिए ।
सोही घोषणा अनुसार शनिबार सहयोग लिन सीमा क्षेत्रमा पुगेका सर्बसाधारणसँग सुरक्षा फौजको भिडन्त भएको थियो । सहयोग लिन जानका लागि प्रदर्शन गरेका स्थानीय बासिन्दा र रमिता हेर्न मात्रै गएका थुप्रै मानिसहरुमाथि सुरक्षा फौजले अश्रुग्यास प्रहार गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको हो । विपक्षी नेता गुआइडोले मानवीय सहयोगको पहिलो खेप ब्राजीलबाट आइसकेको र दोस्रो खेप कोलम्बियाको सीमा हुँदै आउने यसअघि ट्विट गरेका थिए । विभिन्न सीमा क्षेत्रका तस्विरहरुमा सुरक्षा फौजले स्वयंसेवक र प्रदर्शनकारीहरुलाई अश्रुग्यास प्रहार गरेको देखिएको छ भने प्रदर्शनकारीले सीमा क्षेत्रको बारमा आगो लगाएको र सुरक्षा फौजमाथि ढुंगा प्रहार गरेको देखिएको छ ।
सेनाले मादुरोको साथ छोडे, आममाफी : गुआइडो
कोलम्बियासँगको सीमा क्षेत्रमा खटिएका कम्तिमा २० जना सुरक्षाकर्मीले आन्दोलनकारीलाई साथ दिएको बताइएको छ ।सामाजिक सञ्जालमा राखिएको एक भिडियोमा चार जना सिपाहीले सार्वजनिक रुपमै राष्ट्रपति मादुरोलाई निन्दा गर्दै गुआइडोलाई समर्थन गरेको देखाइएको छ । भिडियोमा उनीहरुले आफूहरु बाबु र छोरा भएको र आफूहरुले ठूलो अन्याय र अनिश्चितता भोग्नु परेको जनाएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार भेनेजुएलाका नागरिकले सेनासँग कोलम्बियासँगको सीमाको पुल पार गर्न दिन अनुरोध गरेका थिए ।
गुआइडोले सीमानामा रहेको टिएन्डीटास पुलको भ्रमण गरेका थिए । उनले मादुरोको साथ छोडेका सेनालाई ‘इतिहासको ठीक दिशा तर्फ तपाईहरुलाई स्वागत छ ’ भनेका थिए ।उनले आफूहरुलाई साथ दिने सैनिकहरुलाई आममाफीको ग्यारेन्टी गरिने समेत जनाएका थिए । भेनेजुएला र कोलम्बियाको सीमा क्षेत्रमा हिंस्रक अवस्था रहेपनि राजधानी काराकास भने शनिबार शान्तिपूर्ण नै रहेको थियो ।
गुआइडो साम्राज्यवादी माग्ने : मादुरो
उता राष्ट्रपति मादुरोका समर्थकले भेनेजुएलाबासीलाई राहत लिन तर विदेशी सेनालाई आफ्नो खुट्टा भेनेजुएलाको भूमिमा राख्न नदिन आग्रह गरेका छन् । राष्ट्रपति स्वयंले त्यहाँ युद्ध नहुने बताएका छन् । काराकासमा खुसी देखिएको भीडको तस्वीर राखेर उनले ट्विटमा सो कुरा बताएका हुन् । ‘तिम्रो हात भेनेजुएलाबाट झिक, डोनाल्ड ट्रम्प’ लेखिएको तस्विरपनि उनले सामाजिक सञ्जालमा राखेका छन् । उनले गुआइडोलाई ‘पपेट ’ र ‘साम्राज्यवादी माग्ने’ समेत भनेका छन् । (बीबीसी)
भारतमा जीप दुर्घटना : सल्यानका चार जनाको मृत्यु
भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको जीप दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने
नेपालको पछिल्लो घटनाक्रमबारे अन्तर्राष्ट्रिय समुदायको चासो
पालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत
सल्यानी समाज दक्षिण कोरियाको:आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन
सल्यानी समाज दक्षिण कोरियाको अधिबेसन आइतबार छनानमा सम्पन्न भएको छ। समाजको दोश्रो अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ। बसन्त
प्रतिकृया दिनुहोस