• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

एकै रात एनसेलका एक दर्जन टावरमा आक्रमण, एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । भूमिगत विप्लव नेतृत्वको माओवादीले दूर सञ्चार कम्पनी एनसेललाई आक्रमणको तारो बनाएको छ । शुक्रबार राति विभिन्न जिल्लाका एनसेलका करिब एक दर्जन टावरमा आक्रमण भएको छ । 

 

विप्लव नेतृत्वको माओवादीले फागुन १० गते राति बागलुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी गरेको थियो । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको प्रहरीले जनाएको छ । 

 

 

गए राति रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । 

 

शुक्रबार राति १२ बजे कास्कीको पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा पनि आगजनी भएको । आगजनीबाट टावर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

 

यता काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बीटीएस टावरमा पनि आगजनी भएको छ । आगजनीबाट  जेनेरेटरमा सामान्य क्षति भएको जिल्लन प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

 

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर–३ सूर्यपुरामा रहेको एनसेलको टावरमा पनि गए राति नै आगजनी भएको छ । 

 

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर–७ अम्रसामा रहेको एनसेलको टावरमा भएको आगजनीबाट टावरमा क्षति पुगेको छ । नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ । 

 

गए रातिनै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि आगजनी भएको छ । 

 

प्रहरीका अनुसार गएराति बिप्लब समूहका कार्यकर्ता जिल्ला सेक्रेटरी दिल बहादुर घर्तीको नेतृत्वमा रहेको चार जनाको समूहले स्वर्गद्वाराी नगरपालिका–३ थामुडांडा इस्थित एनसेलको टावरको जेनेरेटर,  कम्प्युटरमा पेट्रोल छरकेर आगजनी गरेको छ । 

 

यता, ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा हिजो रापत ८ बजे भएको बम विष्फोटमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विष्फोटमा भैंसेपाटी बस्दै आएका सिंहबहादुर गुरुङको मृत्यु भएको छ भने  प्रतिक्षा खड्का र उषा मानन्धर घाइते भएका छन् । 

 

यसैबीच प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले विप्लव माओवादीतर्फ अनुसन्धान सोजिएको र घटनामा संलग्नको खोजीकार्य सुरु भइसकेको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

एक अभियान्ताको डायरीः ‘कमरेड, आराम गर्ने हो कि ?

सल्यानको पहिलो बलिदानी स्थल बागचौरस्थित सहिद गेटमा कुँदिएका सालिकहरूमा घोत्लिएर एक टकले नियालिरहेको छु । यो त्यो स्थल हो, जहाँ २०५४ फागुन १४ गते

कोरोना : देशभर के भइरहेको छ, सरकार के गरिरहेको छ ?

५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा

‘वैशाख १५ पछि लकडाउनको मोडल फरक हुन्छ, आशंकित समुदाय सिल हुनसक्छ’

३ वैशाख, काठमाडौं । पछिल्ला एक साता नेपालमा देखिएका कोरोना भाइरस ९ कोभिड–१९० को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई