• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

रेडपाण्डाको छालासहित एक जना पक्राउ

बन्यजन्तु रेडपाण्डाको छालासहित रुकुम पश्चिममा एक व्यक्ति पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मुसिकोट नगरपालिका १ गिलबाङ्गबाट दुर्लभ बन्य जन्तु रेडपाण्डाको ३ थान छालासहित बाँफिकोट गाँउपालिका वडा नं ३ कोलचौरका २३ वर्षिय विकास बिकलाई पक्राउ गरेको हो ।

 

ग.५.प ११६५ को मोटरसाइकलमा मुसिकोटतर्फ आइरहेको बेला खानतलासी गर्दा रेडपाण्डाको छाला फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको बताएको छ । 

 

 

मोटरसाईकलमा सवार २ जना मध्य प्रतिक भनिने एक व्यक्ति भने भागेका छन् । प्रतिकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको प्रहरीले जनाएको छ ।

 

नियन्त्रणमा लिने क्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते भएका छन् ।

 

प्रहरीले रेडपाण्डासहित मोटरसाइलकल पनि बरामद गरेको छ । उच्च हिमाली क्षेत्रमा पाइने नेपालकै दुर्लभ बन्यजन्तु रेडपाण्डको छाला बरामद गरेको रुकुममा यो पहिलो घटना हो ।

प्रतिकृया दिनुहोस

एक अभियान्ताको डायरीः ‘कमरेड, आराम गर्ने हो कि ?

सल्यानको पहिलो बलिदानी स्थल बागचौरस्थित सहिद गेटमा कुँदिएका सालिकहरूमा घोत्लिएर एक टकले नियालिरहेको छु । यो त्यो स्थल हो, जहाँ २०५४ फागुन १४ गते

कोरोना : देशभर के भइरहेको छ, सरकार के गरिरहेको छ ?

५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा

‘वैशाख १५ पछि लकडाउनको मोडल फरक हुन्छ, आशंकित समुदाय सिल हुनसक्छ’

३ वैशाख, काठमाडौं । पछिल्ला एक साता नेपालमा देखिएका कोरोना भाइरस ९ कोभिड–१९० को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई