• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिन पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज जेनेभातर्फ प्रस्थान गरेका छन् । 

 

यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

 

 

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

 

साथै उनले युरोपेली आणविक अनुसन्धान सङ्गठनको पनि भ्रमण गर्नेछन् । मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली सङ्गठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ । 

 

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।  

 

उक्त प्रतिनिधिमण्डल यही फागुन १६ गते स्वदेश फर्कनेछ । रासस

 

 

प्रतिकृया दिनुहोस

एक अभियान्ताको डायरीः ‘कमरेड, आराम गर्ने हो कि ?

सल्यानको पहिलो बलिदानी स्थल बागचौरस्थित सहिद गेटमा कुँदिएका सालिकहरूमा घोत्लिएर एक टकले नियालिरहेको छु । यो त्यो स्थल हो, जहाँ २०५४ फागुन १४ गते

कोरोना : देशभर के भइरहेको छ, सरकार के गरिरहेको छ ?

५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा

‘वैशाख १५ पछि लकडाउनको मोडल फरक हुन्छ, आशंकित समुदाय सिल हुनसक्छ’

३ वैशाख, काठमाडौं । पछिल्ला एक साता नेपालमा देखिएका कोरोना भाइरस ९ कोभिड–१९० को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई