• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सर्वोच्च अदालतद्वारा चौबीस बुँदे निर्देशन

सल्यान, वैशाख २ गते । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतमा मुद्दा व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ ।सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले हिजो जारी गरेको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाइ विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता अपाउन भनिएको छ । कामका सिलसिलामा अदालत परिसरमा बस्दा दूरी कायम गर्न र भीड नगरी सावधानी अपनाउनु पर्ने, मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ७३ बमोजिम बढीमा तीन प्रतिवेदन उपरमात्र एउटा इजलासबाट सुनुवाइ गर्न निर्देशन गरिएको छ । मुद्दामा बहसका लागि पक्षका कानून व्यवसायीले अधिकतम २० मिनेट समय दिने, थप बुँदा भएमा लिखित रुपमा पेस गर्नुपर्ने, कुनै कानुन व्यवसायी आफैँ उपस्थित नभई इमेल वा भिडियो कन्फरेन्सबाट बहसको बुँदा प्रस्तुत गर्ने वातावरणको व्यवस्था गर्नुपर्ने पनि निर्देशनमा भनिएको छ । 

प्रतिकृया दिनुहोस

एक अभियान्ताको डायरीः ‘कमरेड, आराम गर्ने हो कि ?

सल्यानको पहिलो बलिदानी स्थल बागचौरस्थित सहिद गेटमा कुँदिएका सालिकहरूमा घोत्लिएर एक टकले नियालिरहेको छु । यो त्यो स्थल हो, जहाँ २०५४ फागुन १४ गते

कोरोना : देशभर के भइरहेको छ, सरकार के गरिरहेको छ ?

५ वैशाख, काठमाडौं । सरकारले भनिरहेको छ, ‘कोरोना भाइरस हुन पनि इटाली, स्पेन, अमेरिका जस्ता हेल्थ सिस्टम राम्रो भएका देशहरूमा हजारौंको संख्यामा

‘वैशाख १५ पछि लकडाउनको मोडल फरक हुन्छ, आशंकित समुदाय सिल हुनसक्छ’

३ वैशाख, काठमाडौं । पछिल्ला एक साता नेपालमा देखिएका कोरोना भाइरस ९ कोभिड–१९० को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई