• शुक्रबार ८-५-२०८३/Friday 11-20-2026

एमालेसँग चुनावी सहकार्य र एकताको पहल भइरहेको छ : ज्वाला

नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल र सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी सहकार्यले दुई पार्टीबीच एकताको आधारसमेत तयार गर्ने उहाँको भनाइ छ ।

नेपाली कम्युनिस्ट पार्टी सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता ज्वालाले कम्युनिस्ट आन्दोलनको एकतालाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अहिले कम्युनिस्ट पार्टीहरूबीचको एकता आवश्यक मात्र नभई अनिवार्य भएको उल्लेख गर्दै यसका लागि वार्ता टोलीसमेत गठन गरिसकेको जानकारी दिनुभयो ।

कम्युनिस्ट पार्टीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको उल्लेख गर्दै उहाँले एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहकार्यको वातावरण बनिरहेको बताउनुभयो । प्रदेश तहमा सहकार्य भइसकेको र आगामी निर्वाचनमा पनि चुनावी तालमेल हुने उहाँको भनाइ छ ।

‘हामी एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको एकताको विषयमा निष्कर्षमा पुगिसकेका छौँ । प्रदेशमा सहकार्य भइसकेको छ । अब चुनावी तालमेल र सहकार्य पनि हुन्छ,’ उहाँले भन्नुभयो ।

पार्टी एकताका लागि दुवै पक्ष तयार हुनुपर्नेमा जोड दिँदै ज्वालाले एमाले र अध्यक्ष केपी शर्मा ओली पनि एकताका लागि तयार हुनुपर्ने बताउनुभयो । विगतमा कम्युनिस्ट पार्टीको एकता भङ्ग भएको घटनाको समीक्षा गरेर अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।

‘एक हातले ताली बज्दैन । त्यसका लागि एमाले र केपी ओली पनि तयार हुनुपर्छ । विगतको इतिहासको समीक्षा गर्दै अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।

आगामी निर्वाचनमा हुने चुनावी तालमेल र सहकार्यपछि पार्टी एकताको ढोका खुल्नेमा आफूहरू आशावादी रहेको उहाँले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रमेश मल्ल र कर्णाली प्रदेशसभा सदस्य भीमप्रकाश शर्मालगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

कर्णाली सरकारका सय दिनका उपलब्धि सार्वजनिक, पुँजीगत खर्च ३.९३ प्रतिशत मात्रै

कर्णाली प्रदेश सरकारले आफ्नो सय दिनको अवधिमा विभिन्न क्षेत्रमा काम गरेको विवरण सार्वजनिक गरे पनि विकास बजेट कार्यान्वयनको अवस्था भने निराशाजनक

नेपाली कांग्रेस सल्यानको देउवा पक्षको सभापतिमा चन्द सर्वसम्मत

नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनबाट दीपकजंग चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।नेपाली कांग्रेसको देउवा पक्षले सल्यानको

नेपाली कम्युनिस्ट पार्टी दार्माको समीक्षात्मक बैठक सम्पन्न

नेपाली कम्युनिस्ट पार्टी दार्मा गाउँ कमिटीको आयोजनामा फारुलाचौरमा समीक्षात्मक बैठक सम्पन्न भएको छ ।दार्मा गाउँपालिका अध्यक्ष दुर्गा मल्लको

↑