• बिहीबार ८-४-२०८३/Thursday 11-19-2026

स्वघोषित उम्मेदवार नबन्न रास्वपा सल्यानको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानका सभापति प्रकाश नेपालीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्ने भन्दै स्वघोषणा नगर्न पार्टीका सदस्य तथा अन्य व्यक्तिलाई आग्रह गर्नुभएको छ ।

सभापति नेपालीले सामाजिक सञ्जालमार्फत पार्टीको उम्मेदवार छनोटका लागि निश्चित विधि र प्रक्रिया रहेकाले त्यसलाई पूरा नगरी आफूलाई पार्टीको उम्मेदवारका रूपमा प्रस्तुत नगर्न आग्रह गर्नुभएको हो ।

उहाँका अनुसार पार्टीले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ को व्यवस्था गरेको छ । उक्त क्लबमा नाम दर्ता गरी आवश्यक प्रशिक्षण तथा परीक्षा उत्तीर्ण गरेपछि मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्न सकिने प्रावधान रहेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सल्यानलगायत देशभर पार्टीको तर्फबाट उम्मेदवार बन्ने भन्दै विभिन्न गतिविधि र प्रचारप्रसार भइरहेकोप्रति ध्यानाकर्षण भएको उहाँले जनाउनुभएको छ ।

पार्टीको आधिकारिक प्रक्रिया पूरा नगरी उम्मेदवार भएको दाबी गर्ने व्यक्तिका गतिविधिबाट सचेत रहन आम नागरिकलाई समेत सभापति नेपालीले आग्रह गर्नुभएको छ । व्यक्तिगत आकाङ्क्षाभन्दा पार्टीको विधि, प्रक्रिया र निर्णय महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सामुदायिक वनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड, सल्यानमा संक्षिप्त कार्ययोजनाबारे छलफल

सामुदायिक वनलाई केवल वन संरक्षणको माध्यममा सीमित नराखी स्थानीय समुदायको आर्थिक समृद्धि, रोजगारी र आयआर्जनसँग जोड्नुपर्नेमा सल्यानमा आयोजित एक

सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमानको शालिक निर्माण सुरु

नेपालको प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालेका सल्यानका स्वर्गीय मरिचमानसिंह श्रेष्ठको सम्मानमा शालिक निर्माण सुरु गरिएको छ । शारदा

दार्मामा साँझ परेपछि फोन लाग्दैन

दार्मा गाउँपालिकाको केन्द्रमै  भरपर्दो दूरसञ्चार सेवा नहुँदा सल्यानको दार्मा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् । नेपाल टेलिकमको

↑