• आइतबार ७-३०-२०८३/Sunday 11-15-2026

हिलेखाली मेलामा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

हिलेखाली मेला तथा छठ पर्वको अवसरमा सल्यानको दार्मा गाउँपालिका–३ फारुलाचौरमा खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित हिलिखाली मेला व्यवस्थापन तथा सञ्चालन समितिको आयोजनामा प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम सुरु गरिएको हो ।

श्री जनज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन दार्मा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल चन्दले गर्नुभयो । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विभिन्न पालिकाका सात वटा टोली सहभागी भएका छन् । प्रतियोगिताको पहिलो दिन पाँच खेल सम्पन्न भएका छन् भने बाँकी खेल भोलि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख ३४ हजार ५६७ रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । हिलेखाली मेला तथा छठ पर्वको अवसरमा खेलकुद र सांस्कृतिक कार्यक्रमलाई एकसाथ जोडेर आयोजना गरिएको समितिले जनाएको छ ।

प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा विभिन्न पालिकाबीच आपसी सम्बन्ध र सद्भाव बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

छत्रेश्वरीमा छैटौं वडा अध्यक्ष कप सुरु

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ मा छैटौं वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’

दार्मामा तेस्रो दर्माली कप भलिबल प्रतियोगिता उद्घाटन

सल्यानको दार्मामा तेस्रो दर्माली कप–२०८३ खुला पालिकास्तरीय राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ ।दर्माली युवा

तेस्रो शारदा मेयर कप टी- २० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकालाई

तेस्रो शारदा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बागचौर नगरपालिका लाई पराजित गर्दै

↑