• आइतबार ७-३०-२०८३/Sunday 11-15-2026

देउसी–भैलोबाट सङ्कलित रकमले विद्यालयमा सरस्वती मन्दिर बनाइने

सामूहिक प्रयास र सिर्जनशील सोचबाट विद्यालयको विकासमा योगदान पुर्‍याउन सकिन्छ भन्ने उदाहरण सल्यानको दार्मा गाउँपालिका–३, मलेअम्रैस्थित श्री लोकतान्त्रिक आधारभूत विद्यालयले प्रस्तुत गरेको छ ।

विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तिहारको अवसरमा दुई दिनसम्म देउसी–भैलो कार्यक्रम सञ्चालन गरी एक लाख २० हजार रुपियाँ सङ्कलन गरिएको छ ।

विद्यालयको विकासमा समुदायको सहभागिता बढाउने, मौलिक संस्कृति संरक्षण गर्ने र सामूहिक प्रयासबाट सिर्जनशील काम गर्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । सङ्कलित रकमबाट विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण गर्ने योजना रहेको प्रधानाध्यापक भूपेन्द्र देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयले गत वर्ष पनि देउसी–भैलो कार्यक्रम सञ्चालन गरी एक लाख ६० हजार रुपियाँ सङ्कलन गरेको थियो । उक्त रकम विद्यालयका विभिन्न विकास तथा सुधारका काममा खर्च गरिएको थियो ।

विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीको सक्रिय सहभागितामा यस्ता सिर्जनशील कार्यक्रम सञ्चालन हुँदै आएको प्रधानाध्यापक देवकोटाले बताउनुभयो ।

देउसी–भैलोजस्तो मौलिक सांस्कृतिक परम्परालाई विद्यालयको विकाससँग जोडेर सञ्चालन गरिएको यस अभियानले सामुदायिक एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ ।

प्रतिकृया दिनुहोस

रुकुम पूर्वमा साहित्यिक जागरणको सन्देश फैलाउँदै चौथो महफिल, कार्तिक २८ मा स्रष्टाहरू जुट्ने

रुकुम पूर्व। सिर्जना, विचार र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले रुकुम पूर्वमा चौथो साहित्यिक महफिल–२०८३ आयोजना हुने भएको छ। जिल्लाको

महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन

महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

महिला तथा सामाजिक सुरक्षा मन्त्री सिता वादी भोलि सल्यान आउँदै

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादी भोली १८ गते सल्यान आउनुहुने भएको छ ।मन्त्री वादीले बिहान ११ बजे

↑