महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन
महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
सल्यानका जिल्ला कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री बादीले सरकारी सेवा प्रवाहलाई पहुँचयोग्य, नागरिकमैत्री र समावेशी बनाउन आग्रह गर्नुभयो। विशेषगरी महिला तथा बालबालिकामाथि हुने हिंसा, बालविवाह र विभेद न्यूनीकरणका लागि कागजी प्रतिबद्धतामा सीमित नभई परिणाम देखिने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो।
कम उमेरमा विवाह गरेका किशोरीहरू शिक्षाबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताउँदै उहाँले उनीहरूको शिक्षा निरन्तरता, आत्मनिर्भरता र सुरक्षित भविष्यका लागि सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
बालअधिकार संरक्षणलाई विशेष प्राथमिकता दिँदै मन्त्री बादीले स्थानीय बालकल्याण अधिकारीको सिफारिसबिना बालबालिकालाई अभिभावकबाट अलग गर्न नपाइने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिनुभयो। जोखिममा रहेका बालबालिकाको तत्काल उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनका लागि बालबालिका खोजतलास सेवा (१०४) लाई प्रभावकारी रूपमा परिचालन गर्न पनि उहाँले आग्रह गर्नुभयो।
त्यसैगरी, दलित समुदायले भोग्दै आएका विभेद, समस्या र गुनासोको शीघ्र सम्बोधनका लागि दलित सहायता कक्षलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो। ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायले सरकारी सेवा प्राप्त गर्दा भोग्नुपरेका कठिनाइ पहिचान गरी प्राथमिकताका साथ समाधान गर्न पनि उहाँले कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो।
छलफलमा सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना केसीले जिल्लाको समग्र प्रशासनिक अवस्था, महिला तथा बालबालिकासँग सम्बन्धित चुनौती, सामाजिक समस्या र जिल्लामा भइरहेका गतिविधिबारे मन्त्री बादीलाई जानकारी गराउनुभएको थियो।
मन्त्री बादीले लक्षित समुदायका अधिकार संरक्षण र सहज सेवा प्रवाहलाई प्रशासनिक जिम्मेवारीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभएको छ।
महिला तथा सामाजिक सुरक्षा मन्त्री सिता वादी भोलि सल्यान आउँदै
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादी भोली १८ गते सल्यान आउनुहुने भएको छ ।मन्त्री वादीले बिहान ११ बजे
सल्यानमा पहिलोपटक केसर खेती, प्रतिग्राम एक हजार रुपैयाँमा बिक्री
सल्यानमा पहिलोपटक केसर खेती सुरु गरिएको छ। कुमाख गाउँपालिका– ३, चिनालीका किसान शेरबहादुर पुनले केसर खेती सुरु गरेका हुन्। परम्परागत खेतीबाट
विद्यालय व्यवस्थापन समिति गठन र सहिद गेटमा दलको चिह्न राखिएको भन्दै कांग्रेसको ध्यानाकर्षण
नेपाली कांग्रेस दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र देखिएका विभिन्न बेथिति र समस्याबारे प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीको ध्यानाकर्षण
प्रतिकृया दिनुहोस