• बिहीबार ७-२०-२०८३/Thursday 11-05-2026

छत्रेश्वरीमा छैटौं वडा अध्यक्ष कप सुरु

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ मा छैटौं वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित लेखपोखरा गरिपारे खेलमैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कात्तिक १८, १९ र २० गते विभिन्न खेलकुद गतिविधि सञ्चालन हुनेछन् ।

वडाध्यक्ष फौजबहादुर बस्नेतको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य रमेश मल्लले गर्नुभएको थियो । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्धकुमारी खत्री, वडा नम्बर २ का अध्यक्ष प्रेम पहाडी, वरिष्ठ कलाकार खर्कबहादुर बुढालगायतको उपस्थिति थियो ।

कार्यपालिका सदस्य तिला घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्राविधिक दिलिप कँवरले गर्नुभएको थियो ।

स्थानीयस्तरमा खेलकुदको विकास गर्नुका साथै युवामा खेलप्रति उत्साह जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले स्थानीयस्तरमा रहेका प्रतिभावान् खेलाडीको पहिचान र क्षमता विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस

दार्मामा तेस्रो दर्माली कप भलिबल प्रतियोगिता उद्घाटन

सल्यानको दार्मामा तेस्रो दर्माली कप–२०८३ खुला पालिकास्तरीय राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ ।दर्माली युवा

तेस्रो शारदा मेयर कप टी- २० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकालाई

तेस्रो शारदा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बागचौर नगरपालिका लाई पराजित गर्दै

नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न

नेपाल पत्रकार महासंघ सल्यान शाखाको ७ औँ वार्षिक साधारण सल्यानको खलंगामा सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतको

↑