नेपाली कांग्रेस सल्यानको देउवा पक्षको सभापतिमा चन्द सर्वसम्मत
नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनबाट दीपकजंग चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।नेपाली कांग्रेसको देउवा पक्षले सल्यानको श्रीनगरमा सम्पन्न गरेको जिल्ला अधिवेशनले चन्दको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्द चयन हुनुभएको छ । अधिवेशनले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका १० वटै पालिकाका सभापतिसमेत चयन गरेको उपसभापति शाहले जानकारी दिनुभयो ।
अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा पूर्व जिल्ला विकास समिति सभापति ध्रुवराज पुरीले कांग्रेसको विरासत शेरबहादुर देउवा पक्षसँगै रहेको बताउनुभयो । उहाँले पार्टी नेतृत्वलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै नेतृत्वमाथि आक्रमण गरेर पार्टी विभाजन गर्न खोजिएको आरोप लगाउनुभयो ।
कर्णाली प्रदेशका सहमहामन्त्री एकराज डीसीले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देउवा पक्षको सहकार्यमा पार्टीका सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो ।
पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर अघि बढ्न सके संगठन बलियो हुने धारणा राख्नुभयो । अधिवेशनको सञ्चालन युवा नेता केशव चन्दले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस सल्यानको तदर्थ समितिका सभापति यज्ञविक्रम शाहले गर्नुभएको थियो ।
अधिवेशनबाट जिल्ला नेतृत्व चयनसँगै महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र १० वटै पालिकाका सभापति चयन गरिएको आयोजकले जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टी दार्माको समीक्षात्मक बैठक सम्पन्न
नेपाली कम्युनिस्ट पार्टी दार्मा गाउँ कमिटीको आयोजनामा फारुलाचौरमा समीक्षात्मक बैठक सम्पन्न भएको छ ।दार्मा गाउँपालिका अध्यक्ष दुर्गा मल्लको
रास्वपाको दार्मामा पालिका कार्यालय उद्घाटन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्मा गाउँपालिकाले फारुलाचौरमा पार्टीको पालिका कार्यालय उद्घाटन गरेको छ। पार्टीका प्रतिनिधिसभा सदस्य रमेश
कांग्रेस केन्द्रीय सदस्यमा शारदा नगरप्रमुख भण्डारीको उम्मेदवारी
सल्यान शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले
प्रतिकृया दिनुहोस