जिल्ला अस्पताल सल्यानमा सल्यक्रिया सेवा पुनः सुरु
विशेषज्ञ चिकित्सकको अभावका कारण गत असार २७ देखि ठप्प रहेको जिल्ला अस्पताल सल्यानको सल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ द्वय डा। सिया शरण यादव र डा। निरजिता रेग्मी आएपछि उहाँहरुलाई स्वागत गरी सल्यक्रिया सेवा सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी प्रतिक भट्टले जानकारी दिनुभयो ।
यसअघि एनआईएस कार्यक्रम अन्तर्गत दुई महिनाका लागि काजमा खटिनुभएका विशेषज्ञहरु कार्यअवधि सकिएर गएपछि अस्पतालको आकस्मिक सल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको थियो । डेढ दशकअघि सुरु गरिएको यो सेवा रोकिँदा जटिल प्रकृतिका गर्भवती महिला तथा अन्य बिरामीहरू मारमा परेका थिए । भदौ १ गते सोमबारदेखि पुनः सल्यक्रिया सेवा सुचारु भएको हो ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्ला अस्पतालमा मासिक औसत १०० भन्दा बढी महिला सुत्केरी हुन आउने गर्छन् । तीमध्ये मासिक १० देखि १२ जनाको अनिवार्य शल्यक्रिया गर्नुपर्ने हुन्छ । विशेषज्ञ नहुँदा बिरामीलाई दाङ, नेपालगन्ज तथा सुर्खेत रिफर गर्नुपर्ने बाध्यता थियो । खराब र जोखिमपूर्ण सडकमा लामो दूरी तय गरेर बाहिर लैजानुपर्दा गर्भवती तथा जटिल बिरामीको ज्यानसमेत जोखिममा पर्दै आएको थियो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डा। अर्जुन कुमार बुढा मगरका अनुसार अस्पतालमा सातजना विशेषज्ञ र पाँचजना मेडिकल अधिकृतको दरबन्दी रहेको छ । स्वीकृत १५ बेडको अस्पताल भए पनि विकास समितिमार्फत ३५ बेड थप गरी हाल ५० बेड सञ्चालनमा छ ।
नयाँ दुई विशेषज्ञ चिकित्सकको आगमनसँगै अब सल्यानसहित छिमेकी जिल्ला रुकुम पश्चिम र रोल्पाका दुर्गम क्षेत्रका सेवाग्राहीले समेत सेवा पाउने भएका छन् । दरबन्दी अनुसारको चिकित्सक व्यवस्थापनका लागि प्रदेश तथा केन्द्र सरकारसमक्ष पुगेर सल्यानका युवा अगुवा युवराज खड्का, राजेश वली लगाएतले समेत निरन्तर पहल गर्दै आउनुभएको थियो ।
सल्यानमा मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार
सल्यानका ग्रामीण बस्तीमा मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेषज्ञ शिविरबाट एकै दिन ४६ जनाले परीक्षण, परामर्श
काल्चे स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी पारस्परिक अवलोकन सम्पन्न
स्वास्थ्य सेवा कार्यालय सल्यानले स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड (एचपी–एमएसएस) सम्बन्धी समीक्षा, अनुगमन, पारस्परिक अवलोकन तथा सुदृढीकरण
दार्मामा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा
सल्यानको दार्मा गाउँपालिकाले पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता
प्रतिकृया दिनुहोस