• बुधबार ५-३-२०८३/Wednesday 08-19-2026

भेरी नदीमा जिप खसेको आठ दिनपछि एक जनाको शव भेटियो, एक अझै बेपत्ता


छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रानजिकै भेरी नदीमा खसेको जिपसँगै बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव आठ दिनपछि भेटिएको छ।
कुमाख गाउँपालिका–५ का २४ वर्षीय हेमराज बुढाथोकीको शव  बराहताल गाउँपालिका –४ अन्तर्गत भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शवलाई सुर्खेत अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिद्धकुमाख गाउँपालिका–४ का ४३ वर्षीय भीमबहादुर रानाको अवस्था भने अझै अज्ञात छ। उनको खोजी कार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।
जिपमा चार जना सवार थिए। दुर्घटनामा बन्गाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका थिए। उनीहरू पौडी खेलेर नदी किनारमा निस्कँदै ज्यान बचाउन सफल भएका थिए। स्थानीय अस्पतालमा उपचारपछि उनीहरू घर फर्किएका थिए।
जिप सडकबाट करिब ५० मिटर तल खसेर भेरी नदीमा पुगेको थियो। दुर्घटनापछि बेपत्ता भएका दुई जनाको खोजी कार्यमा सुरक्षाकर्मी तथा स्थानीयवासी जुटेका थिए। 

प्रतिकृया दिनुहोस

विपद् पूर्वतयारीमा जोड, प्रहरीलाई प्रतिकार्य सामग्री हस्तान्तरण

वनगाड कुपिण्डे नगरपालिका सल्यानले विपद्का समयमा हुने खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ईलाका प्रहरी कार्यालय देवस्थललाई विपद्

रास्वपाद्वारा सल्यानका तीन स्थानमा वृक्षारोपण

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले जिल्लाका तीन स्थानमा वृक्षारोपण गरेको छ । पार्टीले राजनीतिक गतिविधिसँगै सामाजिक तथा रचनात्मक कामलाई

भारतमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या