चौरजहारी नगरपालिका देशभर उत्कृष्ट स्थानीय तहमा दोस्रो स्थानमा
रुकुम पश्चिमको चौरजहारी नगरपालिका राष्ट्रिय कार्यसम्पादन मूल्याङ्कनमा देशभरका ७५३ स्थानीय सरकारमध्ये दोस्रो स्थानमा रहेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार, अर्घाखाँचीको पाणिनि गाउँपालिकाले ८३.८४ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको छ भने चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर उत्कृष्ट स्थानमा पुगेको छ।
चौरजहारी नगरपालिकापछि गुल्मीको मालिका गाउँपालिका ८१.९८ अंक र धुर्कोट गाउँपालिका ८०.५२ अंकका साथ उत्कृष्ट सूचीमा रहेका छन्। आयोगले देशभर ८० अंक कटाउने चार स्थानीय तह रहेको जानकारी दिएको छ।
आयोगले स्थानीय तहका १७ वटा सूचकमा मूल्याङ्कन गरेको थियो। मूल्याङ्कनका प्रमुख सूचकमा बजेट समयमै सार्वजनिक र पास गरिएको, करको ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा बुझाइएको, आगामी वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाइएको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, शिक्षा र स्वास्थ्यका सूचक जस्तै विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात लगायत समावेश छन्।
चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालल, “सामूहिक प्रयास, कर्मचारी र स्थानीयवासीको सहभागिताले यो नतिजा सम्भव भएको वताउनुभयो । उहाले भन्नुभयो आगामी दिनमा अझ सुधार गर्दै उत्कृष्ट स्थान कायम राख्ने हाम्रो लक्ष्य रहेको छ।”
विशेषगरी कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर देखिएको आयोगले जनाएको छ। यसले देशभरका स्थानीय तहमा प्रशासनिक क्षमता र नीति कार्यान्वयनमा ठूलो भिन्नता रहेको देखाउँछ।
अधिकार र स्रोत व्यवस्थापनमा चौरजहारी नगरपालिकाले देखाएको सुधारको मोडल अन्य स्थानीय तहका लागि उदाहरणीय हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आगामी वर्षमा कर संकलन, सेवा प्रवाह र जनसहभागितालाई अझ प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रास्वपाका
कर्णालीका मुद्दामा प्रधानमन्त्रीसँग सांसदको ध्यानाकर्षण
कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले प्रदेशको समग्र विकासका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ मन्त्रीद्वारा शपथ
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएलगत्तै मन्त्रिपरिषद्का १५ जना सदस्यले पनि शपथ लिनुभएको छ।राष्ट्रपति कार्यालय,
प्रतिकृया दिनुहोस