होटल रेष्टुरेन्ट तथा होमस्टेको सम्बन्धि तालीम सुरु
सल्यान सल्लीबजारमा होटल रेष्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धि २ दिने तालिम सुरु भएको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउपालिका भित्र होटल रेष्टुरेन्ट गरेका ५० जना तालिममा सहभागी रहेका छन । कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत आयोजनामा बिहीबार देखि सुरु भइ शुक्रबार सम्पन्न हुने छ ।
वार्षिक कार्यक्रम अनुसार पर्यापर्यटन प्रवर्द्धन गर्ने, पर्यटन आउने सम्भावना भएको क्षेत्रहरूमा यस्तो तालीमको आयोजना गरिएको वन अनुसन्धान तथा प्रशिक्षणका निर्देशक रेणुका न्यौपानेले बताउनु भएको छ । न्यौपानेका अनुसार नेपालका एक सय पर्यटकीय क्षेत्र अन्तर्गत कुपिण्डे दह लगाएत भेरी नदि समेत भएकोले पर्यटनको क्षेत्रको राम्रो सम्भावना रहेकोले यश क्षेत्रका होटल रेष्टुरेन्ट व्यवसायी तालीम दिएको बताउनु भएको छ ।
प्रदेश भित्रका होटल सम्बन्धि के कस्ता ऎन कानुन , खाद्यान्न सम्बन्धि व्यवस्थापन, तथा होटल रेष्टुरेन्ट तथा होमस्टेको लागी आतिथ्यता सम्बन्धि अयष्लिबचथ तजभ जयकउष्तबष्तिथ अभलतभच उखत का प्रशिक्षक केशव बहादुर कठायतले प्रशिक्षण गर्नु भएको थियो ।
वनगाड कुपिण्डे सव डिभिजन वन कार्यालय सल्लीबजारका प्रमुख कमल चित्रकार, सामुदायिक वन उपभोक्ता महा संघ कर्णाली प्रदेश सचिवालय सदस्य इन्द्रबहादुर बुढाथोकी, लेखा अधिकृत चन्द्रमती बस्नेत, सिम्ता सव डिभिजन गोविन्दलाल गिरि, लगाएतको उपस्थिति थियो भने सहजीकरण वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र अधिकृत गगा त्रीपाटिले गर्नु भएको थियो ।
धारपानीमा जारी श्रींगारिक महाआरतीमा भोली करोड दिप प्रज्वलन हुने
दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा भोली शुक्रवार करोड दिन प्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवं
सल्यानमा दसौँ राष्ट्रिय उद्योग दिवस विशेष कार्यक्रम गरी मनाइयो
मङ्सिर ९,सल्यान सल्यानमा दसौँ राष्ट्रिय उद्योग दिवस मनाईएको छ । “उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि“ नाराका साथ विशेष कार्यक्रम गरी मनाइएको छ।
सल्यानमा परम्परागत लाखे नाच आज सकिदै
भदौ ११,सल्यान सल्यानमा परम्परागत लाखे नाच आज सकिदै छ । साउन ३१ गतेबाट सुरु भएको नाच आज सकिन लागेको हो । यो नाच हरेक वर्षको श्रीकृष्णजन्माष्टमीको
प्रतिकृया दिनुहोस